२७ आश्विन २०७८, बुधबार   515 पटक हेरिएको


image

पालिका एक्सप्रेस,कामना सेवा विकास बैंकले १५ वार्षिक साधारण सभाको आहवान गरेको  छ। बैंक यहि असोज २५ गते बसेको सञ्चालक समितिको ३१६ औ बैठकले वार्षिक साधारण सभा आगामी कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको हो। 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा चुक्तापुँजीको बोनस सेयर १८.५० प्रतिशत र नगद लाभांश ०.९७ प्रतिशत (कर प्रयोजनका लागि) दरले  कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। 

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन,नाफा नोक्सान हिसाब ,नगद प्रबाह विवरण ,वासलात आदि विवरण  उपर छलफल गरी पारित गर्ने र संस्थापक तथा सर्व-साधरण शेयरधनीका तर्फबाट ३–३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

 बैंकले वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक १० गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसकारण, कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न  र उक्त साधारण सभामा भाग लिन सक्ने छन । 





सम्बन्धित समाचार