२७ आश्विन २०७८, बुधबार   218 पटक हेरिएको


image

पालिका एक्सप्रेस,कुमारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा कार्तिक १६ गते हुने गरी आह्वान गरेको छ । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको ११-०७८/०७९ बैठकको निर्णयानुसार साधारण सभा काठमाडौंमा बिहान ११:३० बजे शुरु हुने कम्पनीले जनाएको हो ।

सो सभा भर्चुअल माध्यम मार्फत हुने भएको छ ।सभामा सञ्चालक समितिको निर्णयानुसार आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र नगद लाभांश २.६७ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको वासलात ,नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पारित हुनेछन् ।

साथै, सभाको अन्य प्रस्तावमा बैंकको प्रवन्धपत्रको दफा ५ (ख) र ५ (ग) संशोधन गर्ने, यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

त्यसैगरी, साधारण सभाको लागि  बैंकले कात्तिक ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । सोहि बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्ने छन् ।





सम्बन्धित समाचार