२७ आश्विन २०७८, बुधबार   88 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको यहि असोज २५ गते बसेको सञ्चालक समितिको २७८ औ बैठकले गरेको निर्णय अनुसार बैंकको १७औँ वार्षिक साधारण सभा कार्तिक १६ गते काठमाण्डौंमा  हुने भएको छ ।

सभामा बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई  १० प्रतिशत बोनस सेयर र नगद लाभांश ०.५२६३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै यसै सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन , नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, प्रस्तावहरू सभामा पारित हुनेछन् साथै बैंकको आ.व. २०७८/०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पारित हुनेछन् । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा कारोबार  भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 





सम्बन्धित समाचार