२६ आश्विन २०७८, मंगलवार   283 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले असोज ४ गते घोषणा गरेको लाभांश संशोधन गरेको  छ ।नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको  असोज २४ गते बसेको सञ्चालक समितिको ९९ औ बैठकले ८ प्रतिशतले हुन आउने १ अर्ब ६० करोड बराबरको बोनस शेयर र नगद लाभांश ८ करोड ४२ लाख १० हजार ५ सय २७ रुपैयाँ (कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअघि बैंकको असोज ४ गते बसेको सञ्चालक समितिको ९८ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

संशोधित लाभांश नेपाल सरकार ,अर्थ मन्त्रालयको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।





सम्बन्धित समाचार