२६ आश्विन २०७८, मंगलवार   341 पटक हेरिएको


image

पालिका एक्सप्रेस , मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असोज २० गतेबाट २५ गते सम्म जारि साधारण शेयर (आईपिओ) मा आबेदन दिने अन्तिम दिन सम्म ४.५६ गुणा बढी आबेदन परेको जानकारी प्राप्त भएको छ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिन सोमवार बेलुका ५ बजेसम्ममा २४ लाख ७६ हजार ४८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको छ, जुन मागभन्दा ४ दशमलव ५६ गुणाले बढी हो। 

कम्पनीले पहिलो चरणको ६० लाख कित्ता आयोजना प्रभावित स्थानीयहरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड असोज ११ गते भैसकेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गरेको हो ।

जस मध्य सर्व-साधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन दिएका छन् ।





सम्बन्धित समाचार