१४ कार्तिक २०७७, शुक्रबार   31 पटक हेरिएको


image

बिभिन्न बैंक तथा बित्तीय संस्थाले नया नया प्रबिधि भित्राएर ग्राहक आकर्षण गरीरहेको बेला सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७७ कार्तिक १३ गते देखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।
अब ग्राहकहरुले  क्रेडिट कार्डका लागि भौतिक रुपमा बैंकसम्म नगई घरैबाट अनलाईन मार्फ़त  क्रेडिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई (Banking service>Apply Online>Credit Card Application) वा ”https://onlinecreditcard.siddharthabank.com/” मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिए पश्चात क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैंकले  आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गरी केही सोधपूछ गर्न सक्नेछ । साथै, कार्ड तयार भईसकेपश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका बैंकमा भिड भई अनाबस्यक तनाबमुक्त हुने विश्वास बैंकले लिएको छ ।





सम्बन्धित समाचार