२५ आश्विन २०७८, सोमबार   433 पटक हेरिएको


image

पालिका एक्सप्रेस,ग्लोबल आईएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।यस बैंकको आज २०७८ असोज २५ गते बसेको सञ्चालक समितिको ३९३ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र नगद लाभांश ३.५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भए पछी शेयर लगानीकर्तालाई  वितरण गरिनेछ  ।





सम्बन्धित समाचार