२५ आश्विन २०७८, सोमबार   375 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल बङ्गलादेश बैंक लिमिटेड (NBB) ले आफना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ  ।

बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको ३७५ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १२ प्रतिशत र नगद लाभांश ३.५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा  गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भए पछी मात्र शेयर लगानीकर्तालाई  वितरण गरिनेछ  ।





सम्बन्धित समाचार