PalikaExpress
२५ आश्विन २०७८, सोमबार
356 पटक हेरिएको

एक्सेल डेभलपमेण्ट बैंकले ३० प्रतिशत हकप्रद शेयर आज असोज २५ गतेदेखि खुल्ला भई कार्तिक १४ गते सम्म निष्काशन गर्ने भएको छ। बैंकले १०:३ अनुपातमा रू. १०० अंकित दरको २४ लाख ३३ हजार ३ सय ६३.६७४२ कित्ता हकप्रद शेयरको २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैया ४२ पैसा बराबरको शेयर निष्कासन गर्न लागेको हो ।

बैंकले सो हकप्रद शेयर निष्कासन गर्नको लागि असोज १ गते बुक क्लोज गरिसकेको छ । बैंकको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
सो हकप्रद शेयर एक्सेल डेभलपमेण्ट बैंकका सम्पूर्ण शाखा कार्यलयहरु, मेरो शेयर एप र पोर्टल मार्फत पनि आवेदन दिन सक्नेछन् ।