
पालिका एक्सप्रेस , मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असोज २० गतेबाट जारि साधारण शेयर (आईपिओ) निष्कासनको आबेदन दिने आज अन्तिम दिन रहेको छ।
निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार बेलुका सम्म २१ लाख ५९ हजार २६ आवेदकबाट ३ करोड २९ लाख ७७ हजार १७० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४.०२ गुणाले बढी हो।
कम्पनीले पहिलो चरणको ६० लाख कित्ता आयोजना प्रभावित स्थानीयहरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड असोज ११ गते भैसकेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गरेको हो ।यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ आज गतेसम्म आवेदन दिन सक्ने छन् ।कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।जस मध्य सर्व-साधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आबेदन दिन सक्ने छन । लगानीकर्ताले सि-आस्वा सदस्य बिभिन्न बैंक तथा बित्तीय संस्था र मेरो शेयर एप र पोर्टल बाट आबेदन दिन सक्ने छन ।
यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।