२४ आश्विन २०७८, आईतवार   186 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको यहि असोज २२ गते बसेको बैठकले गरेको निर्णय अनुसार बैंकको १७ औँ वार्षिक साधारण सभा कार्तिक १४ गते काठमाण्डौंमा  हुने भएको छ । 

बैंकको सञ्चालक समितिको ४८९ औ बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई बोनस सेयर १७ प्रतिशत र नगद लाभांश ०.८९ प्रतिशत (कर प्रयोजनका लागि ) गरी जम्मा १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।





सम्बन्धित समाचार