२४ आश्विन २०७८, आईतवार   257 पटक हेरिएको


image

पालिका एक्सप्रेस,अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २४ औ  वार्षिक साधारण सभा असोज २४ गते आज हुदै छ ।यस हाईड्रोपावर कम्पनीको गत भाद्र ३१ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र नगद लाभांश ०.५२६ प्रतिशत (कर प्रयोजनका लागि ) गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

कम्पनीले सो लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेको थियो ।त्यसकारण असोज १० गते आजसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन तथा  लाभांश प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी, कम्पनीले लाभांश वितरण गरेपश्चात् १:०.५० दरमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।





सम्बन्धित समाचार