२४ आश्विन २०७८, आईतवार   158 पटक हेरिएको


image

पालिका एक्सप्रेस ,माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा कार्तिक २६ गते डाकेको छ । बैंकको २३ औं बार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पोखरामा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

सो सभामा सञ्चालक समितिले लगानीकर्तालाई वितरणको प्रस्ताव गरेको बोनस सेयर १३.३० प्रतिशत र नगद लाभांश ०.७० प्रतिशत (कर प्रयोजनका लागि) कुल १४ प्रतिशत वितरण गर्ने भएको छ । 

सभामा अन्य संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सोहि सभाले पारित गर्ने रहेको छ । 

लाभांश वितरण तथा सभा प्रयोजनका लागि बैंकले कार्तिक ७ गते बुक क्लोज गर्ने भएको छ । यसै कारण, कार्तिक ६ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।





सम्बन्धित समाचार