२३ आश्विन २०७८, शनिबार   300 पटक हेरिएको


image

पालिका एक्सप्रेस, शिवम् सिमेन्ट लिमिटेडले कार्तिक १६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।यस कम्पनीको  असोज २२ गते बसेको सञ्चालक समितिको ९२ औ बैठकले गरेको निर्णय अनुसार कम्पनीको छैठौ वार्षिक साधारण सभा कार्तिक १६ गते काठमाण्डौंमा बिहान ११ बजेदेखि सुरू हुने भएको हो ।

यसै सभामा कम्पनीले शेयरधनीलाई कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफा रकम समेतबाट शेयरधनीहरूलाई २९ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन , लेखापरीक्षकको वार्षिक प्रतिवेदन , वासलात ,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू उपर  छलफल गरी पारित गर्नेछ।

कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सोहि सभाले पारित गर्नेछ ।

बिस्तृत विवरण:-





सम्बन्धित समाचार