२२ आश्विन २०७८, शुक्रबार   199 पटक हेरिएको


image

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।कम्पनीको असोज २१ गते बिहीबार बसेको सञ्चालक समितिको ३७४ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम  चुक्ता पूँजीको बोनस सेयर १९ प्रतिशत र नगद लाभांश ६ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भए पश्चात लगानीकर्तालाई वितरण गरिने भएको छ  ।





सम्बन्धित समाचार