२२ आश्विन २०७८, शुक्रबार   190 पटक हेरिएको


image

सिटिजन्स बैंक लिमिटेडको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले अन्तिम कारोबार मूल्य ३९८ रुपैयाँका आधारमा बैंकको १२.९१३ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३५२.४८ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।

अब आईतबार कम्पनीको कारोबार समायोजित मूल्यमा नै खुल्नेछ ।बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि आज असोज २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो ।





सम्बन्धित समाचार