२२ आश्विन २०७८, शुक्रबार   553 पटक हेरिएको


image

सामलिङ्ग पावर कम्पनी लिमिटेडले यही कात्तिक ४ गतेदेखि सर्व-साधारणका लागि (साधारण शेयर)आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयरको ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

कुल निष्काशित शेयर मध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी सर्वसाधारणले ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।यस कम्पनीको  शेयरमा सर्व-साधारणले छिटोमा कात्तिक ८ गतेसम्म र ढिलोमा कात्तिक १८ गतेसम्म आवेदन दिने सकिने छ।

यस पावर कम्पनी शेयरमा न्यूनतम १० कित्ता अधिकतममा २० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

कम्पनीको शेयरमा सर्व-साधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार