२१ आश्विन २०७८, बिहीबार   208 पटक हेरिएको


image

सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयरको बाँडफाँड भएको छ ।कम्पनीले  आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का स्थानीय तथा आयोजना प्रभावित लागि निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको हो ।

पावर कम्पनीले २०७८ भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म शेयर जारी गरेको थियो । आयोजना प्रभावित आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।





सम्बन्धित समाचार