PalikaExpress
२१ आश्विन २०७८, बिहीबार
476 पटक हेरिएको

हिमालयन बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको बैंठकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/०७८ को लागि २१.३६ प्रतिशत बोनश शेयर र नगद लाभांश ४.६४ प्रतिशत गरी कुल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिले गरेको यो प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।