२१ आश्विन २०७८, बिहीबार   448 पटक हेरिएको


image

मध्य भोटेकोशी जलबिधुत कम्पनी लिमिटेडले  हिजो असोज २० गतेबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीको  साधारण शेयर (आईपीओ)मा पहिलो दिन नै माग गरिएको कित्ता भन्दा धेरै कित्ताको लागि आबेदन परेको छ ।यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हिजो बेलुकासम्म ५ लाख ५२ हजार १ सय ६७ जना आवेदकबाट ८८ लाख ९१ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएको जानकारी  प्राप्त भएको छ ।

कम्पनीले पहिलो चरणको ६० लाख कित्ता आयोजना प्रभावित स्थानीयहरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड असोज ११ गते भैसकेको छ ।

यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गरेको हो ।

जस मध्य सर्व-साधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आबेदन दिन सक्ने छन । लगानीकर्ताले सि-आस्वा सदस्य बिभिन्न बैंक तथा बित्तीय संस्था र मेरो शेयर एप र पोर्टल बाट आबेदन दिन सक्ने छन ।





सम्बन्धित समाचार