२० आश्विन २०७८, बुधबार   190 पटक हेरिएको


image

पालिका एक्सप्रेस ,हिमालयन रिइन्स्योरेन्स लिमिटेड कम्पनीको प्रथम बार्षिक साधारण सभा कार्तिक १२ गते शुक्रवार होटल अलफ्ट ठमेल ,काठमाण्डौमा अपरान्ह ५ बजे हुने भएको छ ।

कम्पनीको भाद्र ३० गते बसेको संचालक समितिको १६ औ बैठकको निर्णयानुसार सभा हुन लागेको हो । सोही सभामा संचालक समितिबाट आ.ब. २०७७/०७८ को प्रथम बार्षिक प्रतिबेदन ,लेखा परीक्षकको प्रतिबेदन सहितको वासलात ,नाफा नोक्सान हिसाब ,नगद प्रबाह बिबरण ,तथा सम्बंधित अन्य बिबरणहरु उपर छलफल गरी पारित गर्ने भएको छ ।

सोही सभाले लेखा परीक्षक नियुक्ति,स्वतन्त्र संचालकको नियुक्ति ,संचालकको पारिश्रमिक ,भत्ता तथा सुबिधा आदि बारे उपर छलफल गरी पारित गर्ने भएको छ ।

साथै सोही सभाले सर्ब-साधारणका लागी साधारण शेयर निष्काशन (IPO)जारी गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने भएको छ ।





सम्बन्धित समाचार