१९ आश्विन २०७८, मंगलवार   400 पटक हेरिएको


image

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको (साधारण शेयर ) आईपीओको प्रि-अलोटमेन्ट यही २०७८ असोज २० गते भोली बुधबार हुने भएको छ ।

यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार भोली बुधबार प्रि-अलोटमेन्ट सम्पन्न गरी आऊदो शुकब्रार बाँडफाँड गरिने जनाएको छ ।

हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

आबेदन दिने अन्तिम दिनसम्म २१ लाख ११ हजार ८ सय १९ जना आवेदकहरूले २ करोड़ ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए ।

यस कम्पनीको शेयर जम्मा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले शेयर प्राप्त गर्ने छन  भने बाक़ी २० लाख ३७ हजार भन्दा बढ़ी आबेदकको हात खाली हुने पक्का नै छ।  





सम्बन्धित समाचार