१९ आश्विन २०७८, मंगलवार   546 पटक हेरिएको


image

पालिका एक्सप्रेस। गत असोज १७ गते आईतबार बाँडफाँट भएको साहस उर्जा कम्पनीको (साधारण शेयर) आईपीओले पहिलो कारोबारका लागि ओपन रेञ्ज रू.१३५.११ पैसा  देखि ४०५.३३ पैसा  पाउने देखिएको छ ।

कम्पनीको आव २०७६/०७७ को वास्तविक नेटवर्थ रू. रू.१३५.११ रहेकाले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्न पाऊने भएकाले उक्त मूल्य रू.१३५.११ देखि ४०५.३३ रेञ्ज पाउने देखिएको हो ।

यस ऊर्जा कम्पनीले ७० करोड रुपैयाँ बराबरको साधारण शेयर  निष्काशन गरेको थियो। निष्काशित गरिएको कुल शेयर मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने कुल जारी शेयरको सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिएका थिए ।

यस कम्पनीको शेयर ६ लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले शेयर प्राप्त गरेका हुन् । कम्पनीले निष्कासन गरेको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए ।

कुल आवेदनमध्ये ११ हजार ९९६ जना आवेदकको आवेदन रद्ध भएको थियो ।





सम्बन्धित समाचार