PalikaExpress
१८ आश्विन २०७८, सोमबार
346 पटक हेरिएको

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश प्रस्ताव गरेको छ।संस्थाको सञ्चालक समितिको आइतबार असोज १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई २६.३१५७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
सो प्रस्तावित लाभांशमा बोनस सेयर २५ प्रतिशत र नगद लाभांश १.३१५७८९४ प्रतिशत (कर प्रयोजनका लागी ) ले कुल २६.३१५७८९४ प्रतिशत लाभांश रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।