१८ आश्विन २०७८, सोमबार   158 पटक हेरिएको


image

न्यादी हाइड्रोपावर लिमिटेडले असोज  १५ गते बाट सर्बसाधारणको लागी जारी गरेको शेयरमा २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताका लागि आवेदन परेको छ ।

शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार बेलुका सम्ममा  १८ लाख ९३ हजार ९ सय ५७ जना आवेदकबाट २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताका लागि आवेदन परेको हो ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ११.५१ गुणा बढी हो ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २२लाख ५० हजार  कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

जस मध्य २ प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीहरुको लागी र ५ प्रतिशत अर्थात १लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाड़फाड़ गरी बाकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्ब साधारणको लागी निष्काशन गर्ने लागेको हो ।

यस हाइड्रोपावर शेयर बन्द छिटोमा असोज  १९  गते र ढिलोमा असोज  ३१  गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।इच्छुक लगानीकर्ताले सी –आस्वा सदस्य बिभिन्न बैंक तथा बित्तीय संस्था र मेरो शेयर एप र पोर्टलबाट आबेदन दिन सक्ने छन ।





सम्बन्धित समाचार