१८ आश्विन २०७८, सोमबार   314 पटक हेरिएको


image

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ। यही असोज १७ गते बसेको बैंकको सञ्चालक समितिको ५५४ औ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये बैंकले बोनस शेयर ११.२४ प्रतिशत र बोनस शेयर तथा नगद लाभांश ४.७६ प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल १६ प्रतिशतनगद लाभांश वितरण गर्ने भएको छ।

सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुमा वितरण गरिने भएको छ।





सम्बन्धित समाचार