PalikaExpress
१८ आश्विन २०७८, सोमबार
827 पटक हेरिएको

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आ.व.२०७७/०७८ को मुनाफाबाट शेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको ५९ औ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र नगद लाभांश १.७० प्रतिशत (कर प्रयोजनको लागि )गरेर कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाए पछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्ने छन् ।
