१७ आश्विन २०७८, आईतवार   265 पटक हेरिएको


image

प्रभु बैंक लिमिटेडले संस्थापक समूहको ४ लाख ९७ हजार ८ सय ११ कित्ता सेयरहरू बिक्री गर्ने भएको छ ।बैंकले एक सूचना जारी गर्दै उक्त शेयर खरिद गर्नको यही असोज १७ गते आजबाट व्यक्ति,कम्पनी, संघ, संस्थाहरुले प्रभु क्यापिटल लिमिटेड काठमाण्डौमा असोज २५ गते सम्म आईपुग्ने गरी आबेदन दिन सकिने जनाएको छ।प्रति कित्ता के कति दररेटमा लिन कवुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह गरेको हो ।

बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्ने जनाएको छ ।शेयर खरिदको लागि न्यूनतम मूल्य प्रति कित्ता २०५ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य कबोलमा आवेदन गर्नुपर्नेछ ।

बोलपत्र कात्तिक १ गते बिहान ११ बजे प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंमा खोल्ने कम्पनीले जानकारी गराएको छ ।





सम्बन्धित समाचार