१५ आश्विन २०७८, शुक्रबार   179 पटक हेरिएको


image

न्यादी हाइड्रोपावर लिमिटेडले असोज  १५ गते आजबाट सर्बसाधारणको लागी जारी गरेको साधारण सेयर (आईपीओ)मा आवेदन पहिलो दिनमै माग भन्दा बढि आवेदन परेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको प्रति कित्ता शेयर १०० अंकित मूल्यका २२ लाख ५० हजार  कित्ताको २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

जस मध्य २ प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीहरुको लागी र ५ प्रतिशत अर्थात १लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाड़फाड़ गरी बाकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्ब साधारणको लागी निष्काशन गर्ने लागेको हो ।

आज पहिलो दिनमा ३ लाख ९० हजार ३ सय ७५ जना आवेदकबाट ५० करोड ७१ लाख ६४ हजार रुपैयाँ बराबरको ५० लाख ७१ हजार ६४० कित्ता सेयरको आवेदन परेको छ जुन मागको दोब्बर बढि रहेको छ ।

यस हाइड्रोपावर शेयर बन्द छिटोमा असोज  १९  गते र ढिलोमा असोज  ३१  गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।इच्छुक लगानीकर्ताले सी –आस्वा सदस्य बिभिन्न बैंक तथा बित्तीय संस्था र मेरो शेयर एप र पोर्टलबाट आबेदन दिन सक्ने छन ।





सम्बन्धित समाचार