१५ आश्विन २०७८, शुक्रबार   352 पटक हेरिएको


image

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म निष्कासन गरेको साधारण शेयरको प्रि-अलटमेन्ट आज शुक्रबार सम्पन्न भएको छ भने कम्पनीको शेयरको बाँडफाँड भने आइतबार हुने भएको छ । 

यस ऊर्जा कम्पनीले ७० करोड रुपैयाँ बराबरको साधारण शेयर  निष्काशन गरेको थियो। निष्काशित गरिएको कुल शेयर मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने कुल जारी शेयरको सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिएका थिए ।

अन्तिम दिनसम्ममा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । 

यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५ गुणा भन्दा धेरै रहेको छ। यस कम्पनीको शेयर जम्मा ६ लाख ४४ हजार जनाले प्राप्त गर्ने छन भने बाक़ी आबेदकको हात खाली हुने छ ।





सम्बन्धित समाचार