१४ आश्विन २०७८, बिहीबार   244 पटक हेरिएको


image

यस हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (HIDCL) ले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको शेयर गत असोज ७ गते बिहीवारबाट लिलामीमा ल्याएको शेयर खरीद गर्ने आज असोज १४ गते अन्तिम दिन रहेको  छ ।

कम्पनीको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

यस कम्पनीको  लिलामी शेयरमा जो कोही व्यक्ति,संघ संस्था वा कम्पनीले आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।इच्छुक लगानीकर्ताले असोज १४ गते आज सम्म लिलामीको बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । त्यसैगरी आवेदकले बोलपत्र पेश गर्दा संस्थापकतर्फको न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने पनि कम्पनीले बताएको छ ।

यस कम्पनीको शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले ग्लोबल आइएमई बैंकक़ा शाखा कार्यलयको विर्तामोड, विराटनगर,जनकपुर,बीरगञ्ज,हेटौडा र नारायणगढ ,पोखरा,बुटवल,बागलुङ,नेपालगञ्ज,सुर्खेत,घोराही,धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी शेयरमा आवेदन दिन सकिनेछ । 





सम्बन्धित समाचार