१४ आश्विन २०७८, बिहीबार   178 पटक हेरिएको


image

नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले हकप्रद जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ ।कम्पनीको  गत भाद्र २६ गते सम्पन्न भएको २८ औँ वार्षिक साधारण सभाले पनि हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

 निष्कासन तथा बिक्री प्रबन्धकको सम्झौता पत्रमा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।





सम्बन्धित समाचार