१३ आश्विन २०७८, बुधबार   258 पटक हेरिएको


image

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असोज २० गतेबाट आईपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणको ६० लाख कित्ता आयोजना प्रभावित स्थानीयहरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड भैसकेको छ ।कम्पनीले अब दोस्रो चरणमा सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गर्ने छ ।

यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।

जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागी निष्काशन गरेको शेयरको बाड़फाड़ असोज ११ गते गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ

।इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आबेदन दिन सक्ने छन । लगानीकर्ताले सि-आस्वा सदस्य बिभिन्न बैंक तथा बित्तीय संस्था र मेरो शेयर एप र पोर्टल बाट आबेदन दिन सक्ने छन ।

यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार