१२ आश्विन २०७८, मंगलवार   144 पटक हेरिएको


image

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले हिजो असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा दुई दिनमा झण्डै ११ लाख आवेदकबाट मागभन्दा १९ गुणा बढीको आवेदन परेको  छ।

कम्पनीको आईपीओ निष्कासक तथा  बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार दोस्रो दिनमा १० लाख ९० हजार ३ सय ३३ जना लगानीकर्ताहरूले १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १९.०१ गुणा धेरै आवेदन हो ।कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयरमध्ये ४० हजार कित्ता अर्थात ५ % शेयर सामूहिक लगानीकोषको लागी र १६ हजार कित्ता अर्थात २ % शेयर कर्मचारीहरुको लागी सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्ब साधारणको लागी बिक्री गर्ने छ ।

यस कम्पनीको साधारण शेयर छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते सम्म आबेदन दिन सक्ने छन ।कम्पनीको साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस हाइड्रोपावर कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटलले रहेको छ । लगानीकर्ताले सी-आस्वा सदस्य बैंक तथा बित्तीय संस्था र मेरो शेयर एप र पोर्टलबाट पनि आबेदन दिन सक्नेछन ।





सम्बन्धित समाचार