१२ आश्विन २०७८, मंगलवार   349 पटक हेरिएको


image

केहि सपना बोकिका म ,म सुदुर बाट  हुदै  काठमान्डू यात्रा  सुरु हुदै काठमान्डू जिवन यात्रा  सुख दुख सुरु  गरियो। त्यही यात्रा पार  गदै गर्दा अब यात्रा जीवन बाहिर जानु पर्छ भनेर सोच बनायो   , त्यही सोच अनुससार टन्न धन कमाउने र परिवार खुसि पार्ने र आफ्नु  उज्जेल भविष्य सपना साकार पार्नको लागि कैऔ  सपना बोकी।  न सोचौ पनि किन ,म गाउँले किसानको सामान्य परिवारमा जन्मेको म एउटा ठिटो पढ्दापढ्दै आफ्नो अनि परिवारको भविष्य सोच्ने बेला भएसकेको थियो । नेपाल राजनीतिले अस्त ब्यस्त त्यहा माथि देशमा आफूले सोचेजस्तो जस्तो जागिर, अरु केहि गरौ भने त्यहाँ माथि विदेश संग सिप नभएको म । यस्तै  सोच्दा सोच्दै बाहिर जाने निर्णय गरिको ।

सानोतिनो व्यवसायको लागि ऋण खोजेर  सुरु गरौ भने त्यो व्यवसाय उत्पादन गरौ भने त्यो किन बेचको व्यपारको स्थल नभएको समस्या जहाँ को तही छ। यस्तै समस्याले गर्दा गर्दा अन्तिम विकल्प भनेको विदेश जाने र दुःख गर्न सोच बनाए। सोच संगै साइप्रस यात्रा तयार गरियो , यात्रा गर्नकै लागी भने सबै कागजात कन्सल्टेन्सी बुझायो र केहि समयमा म पात्रको भिसा आयो।  भिसा आयो र मन भरि लडु फुल्यो , खुसी हुदै साथि भाइ संग रमाइलो गरेको। तर  विदेशिनुअघि म पात्रले सोचेको पनि थिएन कि विदेशमा के काम हुन्छ, कस्तो काम गर्नुपर्छ, के  के काम सिक्नु पर्छ भन्ने त न सोचिको ,खानपिन रहनसहन के कस्तो हुन्छ । मात्रै एउटै चाहना हुन्छ, त्यो हो पैसा कमाउने अनि परिवारलाई खुसी , सुखी र भविष्य बनाउने। कैऔ सपना  संगै मन डुंगा राखे परिवार माया ममता साथै पैसा कमाउने अनि दुई पाङग्रासहितको झोला गुडाउँदै विदेशि यात्राको तयार भयो। आफ्नु मातृभूमिलाई बाईबाई गर्दै उड्यो हवाइजहाज । यस्तै त्यस्तै युवाहरुको जमातमा म पनि एक हुँ । २०१८  को जुलाई महिनामा युरोप  छिरेको , अहिले पनि विदेशमै छु । दुःखसुख, आरोह अवरोह झेल्दै परदेशमा दिनरात बिताएको पनि अहिले ३८ महिना  भयो सकियो ।

जुलाई संगै हवाइजहाज को यात्रा सकिदै जब लार्नका एअरपोर्ट मा झर्दै गर्दा बल्ल झल्यास हुन्छ अनि  सोच्छु  यो एअरपोर्ट हो कि ,होइन  भनेर मा हेरिरहे।  हाम्रो नेपाल बसपार्क जस्तो यता यता आउनुहोस सस्तो मस्टो राम्रो रुम छ भनेर बसेका ति पात्राहरु देखिर म त कहाँ आएको भनेर एक छिन त सोचेर बसेको । यता हात हलाउदै स्वागतमा उभिएका ति मान्छेको गोइचु देखेर हेरिरहेको थिए ।

त्यसपछि को यात्रा  सुरु ट्याक्सी  भाडा प्रती ब्यक्ती ३०  देखि ५० यूरो लिमासोल जाने ब्यक्ति  र निकोसिया जाने व्यक्तिको दर रिट थियो।  जब यात्रा संगै निकोसियाको माऐग्रिसिन पुलको आगाडी घरको मुनि ट्याक्सीले छोडी दियो।  र म पात्र माथि एउटा भाइले एउटा कोठामा पुगाए दिनु भयो , जबकोठामा प्रबेश गरे कोठामा के पुगिको थिए त्यहा त १०,१५ जानको टोलि बसेर चुरोट ,गाजा सेवन र बियरको बोत्तल बोकी कि ति पात्रहरु देखिर म त आत्ति एक छोटी म युरोप हो कि म कुनै झेल आए कि भनेर स्तम्ब भए एक छोटी सोचिर र हेरिरहि। एक जान भाइले सोध्नु भयो दाइ तपाइँ नया हो,आउनुहोस यहि बस्नुहोस भनेर आग्रह गर्नु भयो र मैले सहज रुपमा म रुम हेर्न गए र त्यहाँ बस्ने त कल्पना गर्न पनि सकिन ,एउतै तल भएकोले म त्यहाँ बस्ने न सक्ने भएको म।  एउटा भाइले दाइ अर्को फलाइट छ दाइ भन्यो। त्यहाँ हेर्न गए र त्यहाँ बस्नु पर्न थिए किनकी रातको १२ बजे सकिको थियो। म रुम सबै सामान राखेर एउटा बहिनीले को खाना खाएर रुम आउदा रातको १ बजे सकिको थियो।  राति १ बजे रक्सीले मातेर राति कोठाभाडा, डिपोजिट भनेर त्यो मान्छेले त्यो राति नै पैसा माग्यो , भोलि पैसा दिन्छु भन्दा अहिले मध्ये राती रुम बाट निस्क्यो भन्यो , म पात्र लाचार भएर पैसा तिरे के को के भनेर म तिर्न बाध्य भए ,अनि हाउस को छुट्टै अझै  ओकिल ले छाप लगाको ३० देखि ५० यूरो  । यस्तै यस्तै समस्याले सिकौदै लगियो ।

त्यसपछिको, अन्तरास्ट्रिय ठगी सुरु हुन्छ जब म पात्र  विद्यार्थी कलेज पुग्छ।बास्तबिक पढाइ खर्च भन्दा पनि धेरै रकम नेपाल मै बुझाएर आएपनी यता फेरि कलेज ले चार सय पचास यूरो  रजिस्ट्रेसन फि को नाम भनेर तिर्योअब आयो No IELTS को असर नेपाल मा प्रलोभन मा परि आएका हरु को जब अङ्ग्रेजी भासा को परिक्षा लिइन्छ तब मेन कोर्स मा नलगी फाउन्डेसन कोर्स भन्दै राखेको । सुरु हुन्छ नेपाल सुनेको देखिको घण्टाओ ५ यूरो को सपना देखिको।  पात्र म , भएको पैसा सकिन लागिसकिको बजाउ घन्टी साथै छट्पटी सुरु भयो अनि दिमाग मा एउटै कुरा ऋण तिर्नु छ काम खोज्न हिड्नु एका तिर चिन्ता साथै फिक्री थियो।

आज काम भोलि काम तर काम पाउने कुनै आधार छैन बल्ल बल्ल काम पायो त्यो पनि  घन्टाको २ देखि ३ यूरो त्यो पनि कोहि पुरानो ब्यक्ती सग जिउजिउ गर्नु पर्यो।काम लगाइदिने ले पैसा माग्छ यति दिस भने लगाइदिन्छु काम गर्ने कालु मकै खाने भालु भने झै हुन्छ काम गर्ने को पैसा घट्दै घट्दै ५देखि ३, २ युरो भएर आउँछ।फेरि यता कोहि भने अझै काम नै खोजिरहेका हुन्छन केही सीप नलागे पछि कलेज सग बार्गेनिङ सुरु हुन्छ एउटा इन्टेकमा यती  जना विद्यार्थी ल्याउछु कति दिन्छस अनि कोहि भने काम नपाउनु को पीडा खल्ती रित्तो नेपाल नै फर्किने सोच बनाउछन हजारौं सपनालाइ खरानी पात्र म।अरु साथि भाई दिन चर्या लागू औसध ओसारपसार यसको ज्वलन्त उदाहरण देखिरहेकोथिए, जेलमा जेल जीवन बिताइरहेका केही नेपाली विद्यार्थी अनि कति भने शरणार्थी रहर  बाध्यता ।अनि कति भने पुरै डिप्रेसनमा मेरै आखाले देखिको थिए।म आएको चार महिना भए सकिको थियो।  एक दिन पल्ला घरका भाईहरुले दाजु आज जन्मदिन छ भनेर बोलाउनु भयो।  बोलाए पछि मैले पनि हस  भाई भनेर आफ्नु रुम तिर गए। म  पात्र साझ त्यो पनि शनिबार रहेछ। त्यहाँ केटा केटी संगै थुप्रै शंक्या हारी हारी  रहेका थिए। जन्मदिनको रमाइलो गर्दा गर्दै  राती १२ बजे सकिको थियो। मेरो पहिलो अनुभव थियो।  किनकि मेरो साइप्रसको लागि पहिलो थियो।  मध्येरात भए सकिको थियो।  पार्टी चल्दै गर्दा सबैले अब क्लब जाउ भनेर म पनि तम तयार भए मा पनि उनीहरु पछि लाग्दै गए। जब हामी सबै कल्ब अगाडी पुगी त्यहाँ त केटि एक यूरो र केटा लाई पाच यूरो रहेछ।  म पनि टिकट काटेर भित्र पसे र कल्बको एउटा कुन मा बसेर हेरी रहीबसे। म जस्ता केहि युवाहरुको अझ बनौ भने एसियन मुलकका म जस्ता धेरै ब्यक्ति थिए। म जस्ता लाखौ सपना हजारौ इच्छा चाहाना त्यो  झिलिमिली युरोप सहर परिवेश अनि युरोपियन जिबनस्तर  म पनि केहि गितको सुरताल हराए । हिजो नेपाल कि सोझी गाउकि चेलि पुरै भेस सहित बोली वचन बानी ब्यहार  परिवर्तन भएको देखिर यस्तै होला जिन्दगि भनेर म रमाई रहे। मैले यात्राममा धेरै कुरा सिक्नु छु , सिक्दै छु भनेर म पनि त्यही गित हुक्का बार संगै रमाएको रहे।साइप्रस बसाई दुख के हो भनेर सिकाएको छ अब यात्रा आफ्नु देश सोचिको।

अब तिन बर्ष बसाई पछि अब आफ्नु मातृभूमि जानु पर्छ पर्छ गहिरो सोच परेको छु।  यहाँ बस्दा सुनिछ नेपालमा , पशुपालन, माछा , अनि कुखुरापालन आदि इत्यादि मनग्य आम्दानीका बाटा छन् भनेर । तर कतै भने तरकारी नबिकेर खाडलमा पुर्नु परेको, दुध किसानहरुले बाटोमा पोख्नु , तर कतै हजारौं कुखुरा माहामारीले मरेर करोडौंको नोक्सान , जुम्लाला का स्याउले बजार पाएन भनेर नोक्सान भएको छ। लगानी गरे अनुसारको आम्दानी भए त ठिकै छ । तर नोक्सान भयो भने ? एका तिर सरकार भन्छ, युवालाई देशमै रोजगारी दिएर देशको अर्थतन्त्रलाई माथि उठाउने प्रयास गरेका छौं । बास्तमा युवाहरु  भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नु पर्न तर  अहिले पनि सकिरहेको छैन। मुलुकमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिता हुन्छ तर अहिलेसम्मको अवस्था भनेको युवा त केवल पार्टीको संगठन विस्तार अनि आन्दोलन र तोडफोडको लागि मात्रै प्रयोग हुँदै आएको देखिन्छ । सरकारले रोजगारी दिएका युवाले उत्पादन गरेर तरकारी, दूध, पशुपन्छी निर्यात गरियो भनेर आजसम्म कतै सुनिएको छैन । सरकारको काम भनेको भाषण गर्ने मात्र हो ।

नेपाली काम गर्न विदेश होइन, विदेशी काम गर्न नेपाल आउनको लागि भिसाको पर्खाइमा छन् । युवालाई राजनीतिक सिपाही होइन, कृषि सिपाही बनाएर उत्पादनमा खटाउने काम गरौँ । देश आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्ने अवस्थामा पुग्नेछ ।युवाहरुले कमाएको रेमिट्यान्समा मात्र होइन, युवाहरुको सीप, लगनशीलता अनि उत्पादनमा पनि सरकारले उचित ध्यान देओस् र म जस्ता युवालाई हरेक क्षेत्रमा सहयोग गरोस् ।देश संघियमा गए सकिको अवस्था स्थानिय  तहसम्म सीपमूलक तालिम तथा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न तथा औपचारिक शिक्षाको उमेर पार गरिसकेका नागरिकलाई पनि उनीहरूको घरदैलोमा पुगेर पेशागत सीप, वैज्ञानिक उन्नत खेती, पशुपालन, फलफूल तथा तरकारी खेती, माछापालन, जडीबुटी व्यवसाय तथा लघु उद्यमको सीप सिकाएर रोजगारी तथा स्वरोजगार विकास गर्नु आजको आवश्यकता हो। त्यस्तै जस्तोसुकै काम भए पनि श्रमको सम्मान गरिनुपर्छ भन्ने मानसिकता विकसित गर्नुआजको आवश्यक हो।कोरोना र  विदेशी यात्रामा सिकाएको पात्र म । म देश फर्केको वर्षदिन नबित्दै फेरि विदेशिनुपर्ने बाध्यता नबनोस्।





सम्बन्धित समाचार