१२ आश्विन २०७८, मंगलवार   256 पटक हेरिएको


image

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै माग भन्दा ७ गुणा भन्दा बढि आवेदन परेको छ । कम्पनीले हिजो सोमबार देखि सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । 

कम्पनीको शेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलका अनुसार पहिलो दिनमा ४ लाख ४४ हजार ९४७ जना आवेदकबाट ५८ लाख २८ हजार ९०० कित्ताका लागि आवेदन परेको छ ।

जुन माग भन्दा ७.४३ गुणा बढि हो ।कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयरमध्ये ४० हजार कित्ता अर्थात ५ % शेयर सामूहिक लगानीकोषको लागी र १६ हजार कित्ता अर्थात २ % शेयर कर्मचारीहरुको लागी सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्ब साधारणको लागी बिक्री गर्ने छ ।

यस कम्पनीको साधारण शेयर छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते सम्म आबेदन दिन सक्ने छन ।कम्पनीको साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस हाइड्रोपावर कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटलले रहेको छ । लगानीकर्ताले सी-आस्वा सदस्य बैंक तथा बित्तीय संस्था र मेरो शेयर एप र पोर्टलबाट पनि आबेदन दिन सक्नेछन ।





सम्बन्धित समाचार