१२ आश्विन २०७८, मंगलवार   212 पटक हेरिएको


image

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नेप्सेमा शेयर मूल्य समायोजन भएको छ । लघुवित्त कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित लाभांशमा नेप्सेले मूल्य समायोजन गरेको छ ।

कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र नगद लाभांश १.०५३ प्रतिशत (कर प्रयोजनका लागि ) गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

नेप्सेले कम्पनीको अन्तिम कारोबार मूल्य १६६६.१० रुपैयामा लाभांश समायोजन गरी समायोजन पछिको कम्पनीको शेयर मूल्य १३८८.४२ रुपैयामा कारोबार हुने गरी खुल्ने भएको छ । 

कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि असोज १२ गते देखि २३ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।





सम्बन्धित समाचार