PalikaExpress
११ आश्विन २०७८, सोमबार
385 पटक हेरिएको

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असोज २० गतेबाट आईपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणको ६० लाख कित्ता आयोजना प्रभावित स्थानीयहरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड भैसकेको छ ।कम्पनीले अब दोस्रो चरणमा सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गर्ने छ ।
यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।
जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागी निष्काशन गरेको शेयरको बाड़फाड़ असोज ११ गते गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।