११ आश्विन २०७८, सोमबार   277 पटक हेरिएको


image

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको नेप्सेमा शेयरमूल्य समायोजन भएको छ। कम्पनीले लाभांश वितरण साधारण सभाका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीको अघिल्लो कारोबारको दिन आईतबार शेयर प्रतिकित्ता ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने मूल्य  समायोजन पश्चात कम्पनीको शेयरमूल्य ५२३ रुपैयाँ तोकिएको छ। अहिले १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते २४ औ वार्षिक साधारण सभा बोलाएको  छ।

कम्पनीको साधारण सभा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु हुने जनाएको छ। सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।





सम्बन्धित समाचार