११ आश्विन २०७८, सोमबार   220 पटक हेरिएको


image

नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड योजना ब्यबस्थापक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड-२ को इकाईको मूल्य समायोजन भएको छ ।

नबिल इक्विटी फण्डको ईकाई मूल्य अन्तिम कारोबार मूल्य रु. १५.५४ पैसा रहेकोमा समायोजन पछि नबिल इक्विटी फण्डको ईकाई मूल्य ११.५४ पैसा कायम गरिएको छ भने नबिल ब्यालेन्सड फण्ड-२ को अन्तिम कारोबार मूल्य १४.५४ पैसा रहेकोमा समायोजन पछि नबिल ब्यालेन्सड फण्ड-२ को ईकाई मूल्य ११.०४ पैसा कायम गरिएको छ ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको भाद्र २२ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नबिल ब्यालेन्सड् फण्ड-२ को लागि कर समेत ३५ प्रतिशत र नबिल इक्वीटी फण्डको लागि कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।





सम्बन्धित समाचार