१० आश्विन २०७८, आईतवार   159 पटक हेरिएको


image

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयरको बाँडफाँड  भोली  असोज ११ गते हुने भएको छ।

कम्पनीको साधारण शेयरमा अन्तिम दिनसम्म १ लाख १ हजार २८ जना आवेदकबाट १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रूपैयाँ बराबरको १ करोड ९३ लाख २५ हजार ७ सय ८० कित्ताको लागि आवेदन दिएका थिए । 

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा न. ७ र ८ मा स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको थियो । 

बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो ।कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागी ६० लाख कित्ता निष्कासन गरेको हो भने दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ। कम्पनी उक्त  साधारण शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 





सम्बन्धित समाचार