१० आश्विन २०७८, आईतवार   627 पटक हेरिएको


image

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज १० गते आईतबार अन्तिम दिन रहेको छ  ।

यस हाईड्रोपावर कम्पनीको गत भाद्र ३१ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र नगद लाभांश ०.५२६ प्रतिशत (कर प्रयोजनका लागि ) गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले २४ औ  वार्षिक साधारण सभा असोज २४ गते भर्चअल माध्यमबाट गर्ने निर्णय गरेको छ । कम्पनीले सो लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते सोमनार भोलि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकारण असोज १० गते आजसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सो सभामा भाग लिन तथा  लाभांश प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी, कम्पनीले लाभांश वितरण गरेपश्चात् १:०.५० दरमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।





सम्बन्धित समाचार