१० आश्विन २०७८, आईतवार   503 पटक हेरिएको


image

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि जारी गरेको सर्वसाधारणका लागि आईपिओमा आवेदन दिने आज असोज १० गते अन्तिम दिन रहेको छ।

यस ऊर्जा कम्पनीले ७० करोड रुपैयाँ बराबरको साधारण शेयर  निष्काशन गरेको हो। निष्काशित गरिएको कुल शेयर मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

कुल जारी शेयरको सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यस कम्पनीको  शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप तथा पोर्टलबाट आवेदन दिन सक्नेछन्। यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार