PalikaExpress
९ आश्विन २०७८, शनिबार
380 पटक हेरिएको

कामना सेवा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको असोज ७ गते बिहीबार बसेको सञ्चालक समितिको ३१५ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र नगद लाभांश ०.९७ प्रतिशत (कर प्रयोजनका लागि ) गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत पश्चात र बैंकको आगामी साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।