९ आश्विन २०७८, शनिबार   174 पटक हेरिएको


image

प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुका लागि लाभांश वितरणको घोषणा गरेको छ  ।

यस इन्स्योरेन्स कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र नगद लाभांश ०.८७ प्रतिशत (कर प्रयोजनका लागि ) गरी कुल १५.८७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त संचालक समितिले गरेको प्रस्तावित लाभांश बिमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार