१३ कार्तिक २०७७, बिहीबार   29 पटक हेरिएको


image

काठमाडौं,
       

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ स्थित सीमा ईलाकाबाट कार्तिक १३
गते एपीएफ टोलीले करीब पाँच लाख ४० हजार रुपैयाँ बराबरको चोरीनिकासीको
खुकुरी चुरोट बरामद गरेको छ ।
नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल,
नेपाल बोर्डर आउट पोष्ट खल्लामछेट्टीबाट खटिएको एपीएफ टोलीले उक्त चुरोट
बरामद गरेको हो ।
बरामद चुरोट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित लालबकैयाबाट कार्तिक १२ गते
एपीएफ टोलीले करीब एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा, कस्मेटिक सामान र किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।           

 





सम्बन्धित समाचार