८ आश्विन २०७८, शुक्रबार   263 पटक हेरिएको


image

सानिमा माई हाइड्रोपावर लिमिटेडको भाद्र २४ गते बसेको सन्चालक समितिको बैठकले १०औं वार्षिक साधारण सभा कात्तिक ११ गते आह्वान गरेको छ । 

कम्पनीले सेलिब्रेसन हाईट काठमाडौंमा बिहान ११ बजे देखि सभा हुने भएको  हो । सो सभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र  नगद लाभांश शून्य दशमलव ५२६३ प्रतिशत (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि असोज १८ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।बुक क्लोजको आधारमा असाज १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सभाको अन्य प्रस्तावमा कम्पनीका शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने साथै प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने पनि रहेको छ ।





सम्बन्धित समाचार