८ आश्विन २०७८, शुक्रबार   164 पटक हेरिएको


image

नबिल बैंक कोष प्रबर्धक , योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लिमिटेडले नबिल म्यूचुअल फण्ड अन्तर्गत “नबिल ब्यालेन्सड फण्ड -३” नामक बन्दमुखी म्युचुअल फण्डको बाड़फाड़ असोज ७ गते बिहीबार गरेको छ ।

यस म्युचुअल फण्डले १० रुपैयाँ अंकित दरका १० करोड़ कित्ता सार्बजनिक रुपमा बिक्रीका लागि खुल्ला गरेको हो ।उक्त निष्काशन गर्न लागेको कित्ता मध्य १४ प्रतिशत १ करोड़ ४० लाख कित्ता कोष प्रबर्धक कम्पनी नबिल बैंक तथा १ प्रतिशत कित्ता १० लाख कित्ता योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लि.ले सुरक्षित राखी बाँकी ८ करोड़ ५० लाख कित्ता   बिक्री तथा निष्काशन गरेको थियो ।

यस म्युचुअल फण्डले भाद्र २५ गते देखि २९ गते सम्म निष्काशन गरेकोमा माग भन्दा अध्याधिक आबेदन परेकोले बिधमान सामूहिक लगानीकोष नियमावली तथा निर्देशिकामा भएको ब्यबस्था बमोजिम उल्लेखित योजनाको आकार २५ प्रतिशतले बृद्धि गरी १० करोड़ ६२ लाख ५० हजार इकाई रितपुर्बक आबेदन दिनु हुने आबेदकहरुलाई बाड़फाड़ गरेको छ ।





सम्बन्धित समाचार