८ आश्विन २०७८, शुक्रबार   204 पटक हेरिएको


image

साहस उर्जा कम्पनी लिमिटेडले असोज ६ गते  बुधबारबाट निष्कासन गरेको साधारण शेयरमा पहिलो दिनमै मागभन्दा धेरै आवेदन परेको थियो भने दोस्रो दिनमै सर्वसाधारणलाई निष्काशन गरेको सेयरको २.९१ गुणा बढि आवेदन परेको छ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले रहेको छ जसका अनुसार बिहिबार साँझ सम्म १२ लाख ८१ हजार जना आवेदकले १ करोड ८७ लाख ८५ हजार कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् ।  

यो सर्वसाधारणका लागि खुल्ला गरिएको भन्दा २.९१ गुणा धेरै आवेदन हो ।कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता आईपिओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।उक्त सेयरमा लगानीकर्ताहरूले असोज १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले रहेको छ ।





सम्बन्धित समाचार