PalikaExpress
७ आश्विन २०७८, बिहीबार
474 पटक हेरिएको

एनएमबी बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबी क्यापिटलले “एनएमबी सरल बचत फण्ड ई” नामक खुल्लामुखी म्युचुअल फण्डको इकाई बांडफाड़ गरेको छ ।

यस म्युचुअल फण्डले १० रुपैयाँ अंकित दरका १० करोड़ कित्ताको ४० प्रतिशत (४ करोड) प्रथम चरणमा सार्बजनिक रुपमा बिक्रीका लागि खुल्ला गरेको थियो ।सो म्यूचुअल फण्डको रितपुर्बक आबेदन दिनेहरुलाई असोज ६ बांडफाड़ गरेको छ।
एनएमबी क्यापिटल लिमीटेड फण्ड म्यानेजर रहेको ‘एनएमबी सरल बचत फण्ड–ई’ नामको खुल्लामुखी फण्डले १० करोड़ कित्ता निश्कासनको अनुमति नियामक निकाय नेपाल धितो पत्र बोर्डबाट यही साऊन २२ गते निष्काशनको अनुमति पाएको थियो।
एनएमबी क्यापिटलले यो भन्दा अघि ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१’, एनएमबी हाइब्रीड फण्ड एल-१’ र ‘एनएमबी फिफ्टी’ नामक म्युचुअल फण्डहरु हाल संचालनमा रहेका छन् ।